१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यो सरकार असफल भइसक्यो : ओली

सन्तोष सिंह

जनकपुर — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार चरम असफल भएको  बताएका छन् । नेकपा एमालेको मधेस प्रदेशको अधिवेशन उद्घाटनको सिलसिलामा जनकपुर पुगेका ओलीले यो सरकार कहिले ढल्ने आफूले भन्न नसके पनि यो सरकार यही अवस्थामा रहनै नहुने बताए । 

यो सरकार असफल भइसक्यो : ओली

उनले एमाले सही विचार भएको पार्टी भएको र सही विचारका कुरालाई कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको संकल्प बोकेर हिँडेको पार्टी भएको बताए । उनले भने, 'यो अठोट पूरा गर्न एमाले एकताबद्ध भएर आफ्नो अभिभारा पूरा गर्छ ।'

उनले देशको राजनीतिक, आर्थिक र समाजलागायतका विषयमा अरू पार्टीका नेतासँग छलफल हुने गरेको पनि बताए । उनले भने, 'समसामयिक विषयमा, देशको राजनीतिको बार‍ेमा सबैसँग कुराकानी हुन्छ, सल्लाह परामर्श हुन्छ । अहिले पनि भइरहेको छ । अहिलेका समस्या समाधान गर्न छलफल भइरहेको छ ।'

प्रकाशित : आश्विन २४, २०८० १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?