गर्मीले वीरगन्जका विद्यालय अझै एक साता बन्द गरिने


वीरगन्ज — तापक्रम बढ्ने क्रम जारी नै रहेकाले वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू थप एक साता बन्द गर्ने निर्णय गरेको छ ।


अत्यधिक गर्मीका कारण महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले यसअघि गत जेठ १७ गतेदेखि २६ गते शुक्रबारसम्म गर्मी बिदा दिएको थियो ।
महाशाखा प्रमुख अरविन्दलाल कर्णका अनुसार अझ केही दिनसम्म तापक्रम बढ्दो अवस्थामै रहने देखिएकाले असार एक गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा थप गरिएको हो ।
प्रकाशित : जेष्ठ २६, २०८० १३:४०