२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

शिशु हत्या आरोपित पक्राउ

लक्ष्मी साह

बारा — २० दिनको शिशुलाई हत्या गरी फरार रहेको आरोपमा प्रहरीले २४ वर्षीय युवक नुरआलम अन्सारीलाई पक्राउ गरेको छ । देवताल गाउँपालिका ४ पिप्राढी गाउँका अन्सारीलाई काठमाडौंबाट पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

शिशु हत्या आरोपित पक्राउ

आफूले हत्या गरेको हो भनी अन्सारीले फोनमा कुरा गरेको आधार फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफूले हत्या गरेको भनी अन्सारीले स्वीकार गरिसकेकाले थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिएर अन्सारीलाई हिरासतमा राखिएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले पत्रकार सम्मेलनमा बताए ।

‘हत्या गरेको सूचना बुधबार आउनेबित्तिकै उनलाई पक्राउ गर्न अपराध अनुसन्धानको टोली परिचालन गरी पक्राउ गरिएको हो,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘काठमाडौंको एक वर्कसपमा काम गर्ने अन्सारीले आफ्नो बच्चा नभएकाले हत्या गरेको भनेर फोनमा कुरा गरेको प्रमाण फेला पारी पक्राउ गरिएको हो । विवाहपछि पत्नी गर्भवती भएदेखि नै अन्सारीले आफ्नोबाट गर्भ नरहेको भन्दै पत्नीलाई कुटपिट गर्दै आएका थिए ।’ घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताए ।

प्रकाशित : जेष्ठ २५, २०८० २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?