कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मधेस सरकारले कक्षा १२ का सबै छात्रालाई नि:शुल्क ल्यापटप दिने

काठमाडौँ — मधेस प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई जनही एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षका लागि मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन ल्यापटप वितरण गरिने बताएका छन् ।

मधेस सरकारले कक्षा १२ का सबै छात्रालाई नि:शुल्क ल्यापटप दिने

'प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ अध्ययनरत छात्राहरूलाई कम्पयुटर प्रविधिमा पहुँच पुर्‍याउन एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराइनेछ,' मिश्रले भने । साथै, मधेस सरकारले विद्यालय शिक्षामा नवीनतम सूचना प्रविधि तथा स्थानीय भाषाको प्रयोग गरी टेली शिक्षा प्रणालीको सुरुवात गर्ने जनाएको छ ।

प्रदेश सरकारका मन्त्रालय तथा निकायहरूबाट उत्पादन हुने विज्ञापन र सूचनाहरूलाई व्यवस्थित गर्न मधेस प्रदेशले एकद्वार सूचना प्रणाली अवलम्बन गर्ने भएको छ । मालपोतलगायत विभिन्न कार्यालयहरूमा अनलाइन प्रणालीबाटै राजश्व बुझाउन मिल्ने व्यवस्थाका लागि पनि प्रदेश सरकारले पहल गर्ने जनाएको छ । मधेश सरकारले लगानीमैत्री औद्योगिक वातावरण निर्माण गर्न प्रक्रियाहरूलाई सरलीकृत, पारदर्शी र विश्वाशिलो बनाउनुका साथै नवीनतम प्रविधिको उपयोगमा जोड दिने भनेको छ । घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन र उद्यमशिलता विकास गर्न तालिम, सूचना प्रवाह, प्रविधि हस्तान्तरण गर्नुका साथै उद्यमीहरूलाई सहुलियतपूर्ण ऋणमा सहजीकरण गर्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ २३, २०८० १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?