मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु 

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराहीस्थित भित्री सडकखण्डमा सोमबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको पौराई ब्रह्मस्थान मन्दिर जाने बाटोको पुलमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मधेश प्रदेश ३–०२६प ९८८२ नम्बरको मोटरसाइकल सोही सडक किनारमा रहेको ढुंगामा ठोक्किएर दुर्घटना हुँदा २९ वर्षीय शिशिर माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनायो । सडकमा रहेको डिलको ढुंगामा ठक्कर खाएपछि अनियन्त्रित भई मोटरसाइकल कल्भर्टमुनि खसेको थियो ।

घाइते माझीलाई तत्कालै उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा माझीको मृत्यु भएको इलाकाका डीएसपी एकनारायण कोइरालाले बताए ।

प्रकाशित : जेष्ठ २२, २०८० १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?