१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

झालाई मनोज स्मृति पत्रकारिता पुरस्कार 

शिव पुरी

रौतहट — रौतहटका पत्रकार स्व. मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ । गरुडास्थित एएन प्लाजामा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष झालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

झालाई मनोज स्मृति पत्रकारिता पुरस्कार 

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले झालाई २५ हजार राशिको मनोज स्मृति पत्रकारिता पुरस्कार हस्तान्तरण गरे । पत्रकार महासंघ रौतहट शाखाले प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यसैगरी गौरमा आयोजित कार्यक्रममा रौतहटबाट संचालन हुँदै आएको रेड टेलिभिजनका संस्थापक स्वर्गीय रामा यादवको पुण्यतिथिको अवसरमा दिँदै आएको ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष प्राइम टेलिभिजनका पत्रकार सिर्जना कार्कीलाई प्रदान गरिएको थियो । श्रीमती रामा यादव स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संयुक्त रुपमा काठमाडौंका कार्कीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेको हो । पुरस्कार राशि २६ हजार ५ रुपैयाँ रहेको छ । कार्कीले स्वास्थ्य क्षेत्रलाई समेटेर समाचार सम्प्रेषण गर्दै आएकी छन् ।

कार्यक्रममा ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’ २०७९ बाट पोखराका पत्रकार अनिषा जयन्ती श्रेष्ठलाई पुरस्कृत गरिएको रेड टेलिभिजनका संयोजक जयप्रकाश यादवले बताए ।

राससका अध्यक्ष झाले मनोज स्मृति पत्रकारिता पुरस्कार पाएकोमा आफू खुशी भएको सुनाए । मनोज पत्रकारिता पुरस्कार गत वर्ष गोरखापत्रका पत्रकार कुमार विवेकानन्द मिश्रले पाएका थिए । पुरस्कार वितरण कार्यक्रममा स्व पत्रकार मनोज चौधरीका धर्मपत्नी एवम् गरुडा नगरपालिकाका उपप्रमुख पुनम चौधरीलगायत पनि सहभागी थिए ।

प्रकाशित : जेष्ठ २०, २०८० २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?