१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वीरगन्ज कारागारबाट १९ कैदी रिहा

वीरगन्ज — गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ कैदी बन्दी रिहा भएका छन् । जसमध्ये कर्तव्य ज्यानमा कैद भएका ५ जनाले राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएको कारागार कार्यालयले जनाएको छ । बाँकी १२ जना कैदी कैद भुक्तान गरि रिहा भएका हुन् ।

वीरगन्ज कारागारबाट १९ कैदी रिहा

गणतन्त्र दिवसका दिन रिहमा हुनेमा ५ जना आममाफीसहित कर्तव्य ज्यान मुद्दाका ७ जना, सवारी ज्यान र चोरी मुद्दाका ३/३ जना, हातहतियार खरखजानाका २ जना र आपराधिक लाभ, ज्यान मार्ने उद्योग, लागूऔषध गाँजाका एक/एक जना गरी १९ जना रहेका छन् ।


गणतन्त्र दिवसका दिन रिहा हुनेलाई कैदी बन्दीलाई निमित्त जेलर नवराज बर्तौला, सशस्त्रका डिएसपी लक्ष्मण बराल, सई परमानन्द प्रसाद यादव, कारागारका चौकीदार दिनेश सर्राफले टिका लगाएर बिदाइ गरेका थिए ।


प्रकाशित : जेष्ठ १५, २०८० १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?