सप्तरीमा एक व्यक्ति मृत फेला

अवधेश झा

राजविराज — सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । हनुमाननगर कंकालिनी-४ गंगापुर टोलदेखि पश्चिम खेतमा भक्तपुरको सुडाल-५ का ४७ वर्षीय बलराम पाण्डे मृत फेला परेको प्रहरीले जनाएको छ । 


प्रहरीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराज ल्याएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

खुकुरी हानेर प्रेमिकाको हत्या

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभा-खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।

सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

खुकुरी प्रहार गरी प्रेमिकाको हत्या गरी गदालले हत्या आफ्नो पनि छातीमा खुकुरी प्रहार गरेका छन्। गम्भीर घाइते उनको जिल्ला अस्पतालमा खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार गएराति दुवैजना दर्नालको डेरामा बसेका थिए। बिहान घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित : जेष्ठ १२, २०८० १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×