कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

विद्युत्‌को पोलमा हुकिङ गर्न लगाउँदा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजविराज — राजविराजस्थित सिब्स इन्टरनेसनल बोर्डिङ स्कुलको लापरबाहीका कारण शुक्रबार बिहान करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।

विद्यालय अगाडि रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना गरिएको क्रिकेट प्रतियोगिताको क्रममा विद्युत्‌को पोलमा हुकिङ गर्ने क्रममा करेन्ट लागेर कक्षा १० मा अध्ययनरत पेशलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

क्रिकेट प्रतियोगिता सुरु गर्ने क्रममा स्पिकर बजाउनका लागि विद्यार्थी पेशलानन्दलाई बिजुलीको पोलमा हुकिङ गर्न लगाएपछि उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि गजेन्द्र नारायण सिंह अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

विद्यालयका सञ्चालक नरेशप्रताप साहले लापरबाही स्वीकार गरेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८० १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट ल्याउने समय एक साता मात्र बाँकी रहँदापनि संघीय संसद्को गतिरोध खुलाउन सरकारले किन तदारुकता नदेखाएको होला ?