हावाहुरीले घर ढल्दा सर्लाहीमा एक महिलाको मृत्यु

सर्लाही — सर्लाहीको ब्रह्मपुरीमा बिहीबार हावाहुरीले घर ढाल्दा एक महिलाको ज्यान गएको छ । ब्रह्म्पुरी गाउँपालिका-२ का ६५ वर्षीया सवितादेवी साहको घर ढल्दा चेपिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ आएको हावाहुरीले उनको कच्ची घर ढलेको थियो । हावाहुरीमा ओत लागेर बसेकी साह घर ढल्दा चेपिएर सख्त घाइते भएकी थिइन् ।
साहलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरका अन्य सदस्य भने सकुशल छन् ।
प्रकाशित : जेष्ठ ११, २०८० २२:१४