कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा एक हप्तायता मात्रै दुई जनाको हत्या

अवधेशकुमार झा

राजविराज — सप्तरी जिल्लामा एक हप्तायता मात्रै दुईवटा हत्याका घटना भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर र रुपनी गाउँपालिका १ रायपुरमा गरी दुईवटा हत्या भएको हो ।

सोमबार बिहान हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा घाँटी रेटी हत्या गरिएको अवस्थामा एक शव फेला परेको छ ।

बिहान स्थानीयहरू निस्किँदा खेतमा टाउको काटिएको अवस्थामा शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरूसमेत देखिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले बताए । हत्या गरिएका व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन ।

यसअघि गत वैशाख ३१ गते रुपनी गाउँपालिका १ रायपुरस्थित राजाराम यादवको खेतमा शम्भुनाथ नगरपालिका २ खैरबनाका मो. लुकमानका छोरा २१ वर्षीय मो. तफेजुलको शव फेला परेको थियो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिए पनि उक्त घटनाको कारणबारे अझै पनि प्रहरी अनभिज्ञ नै छ । रुपनीको घटनामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको एसपी कार्कीले बताए ।

प्रकाशित : जेष्ठ ११, २०८० १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर र भारतका लागि नेपाली राजदूत शंकर शर्माबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार बिहान विदेशमन्त्री जयशंकरकै कार्यक्षमा शिष्टाचार भेट भएको राजदूत शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । 

भेटमा नेपाल र भारतबीचको गहिरो आपसी सम्बन्धका बारेमा छलफल भएको उनले उल्लेख गरेका छन् ।

भेटकै क्रममा आउँदा दिनमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा चर्चा गरिएको उनले आफ्नो ट्विटरमा उल्लेख गरेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०८० १४:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×