बाराको सुवर्ण गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप

प्रहरीद्वारा अश्रुग्यास प्रहार‚ केही घाइते
लक्ष्मी साह

बारा — बाराको सुवर्ण गाउँपालिकामा प्रहरी र विद्यार्थीबीच झडप भइरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरी २ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा दुवै पक्षका केही घाइते भएका छन् ।

बाराको सुवर्ण गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप

विद्यार्थीले गाउँ कार्यपालिका र विद्यालयमा तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा दुवैबीच झडपको अवस्था आएको हो । प्रहरीले तोडफोड रोक्न खोज्दा विद्यार्थीले प्रहरीमाथि ढंगामुढा गरेको थियो । त्यसपछि प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो ।

दुवै पक्षले रक्षा र प्रतिरक्षा गर्न खोज्दा सुवर्ण गाउँपालिकामा बिहानैदेखि तनावको स्थिति सिर्जना भएको हो । स्थिति नियन्त्रणमा लिन जिल्लाको अन्य ठाउँबाट समेत नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।


पालिकाअन्तर्गतको शिक्षा शाखाबाट हर्दिया प्रशुरामपुर र देवापुर बहुअर्वा माविका प्रधानाध्यापकसहित अन्य विद्यालयका समेत केही शिक्षकलाई एक अर्को विद्यालयमा हेरफेर गर्दा विद्यार्थीलाई उचालेर आक्राशित बनाई आन्दोलनको नाममा तोडफोड गराउनमा केही शिक्षकहरू उद्दत देखिएको पालिका अध्यक्ष राजेश राय यादवले बताए ।

शिक्षा शाखाका प्रमुख विद्यानन्द यादवका अनुसार विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकलाई हेरफेर गर्दा विद्यार्थीलाई प्रयोग गर्दा झडप भएको हो ।

प्रकाशित : जेष्ठ ८, २०८० ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?