२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मिर्चैयामा आन्दोलनरत व्यापारीलाई दलको साथ

सिरहा — सिरहाको मिर्चैया नगरपालिकाविरुद्ध स्थानीय व्यापारीले गरिरहेको आन्दोलनमा दलहरूले पनि ऐक्यबद्धता जनाएका छन् । सोमबार मिर्चैया बजारमा आयोजित सर्वदलीय भेलाले व्यापारीका मागप्रति ऐक्यबद्धता जनाउँदै पालिकाविरुद्ध चरणबद्ध संघर्षमा उत्रिने जनाएको हो । सडक विस्तारका क्रममा बजार क्षेत्रका केही संरचना हटाएपछि व्यापारी आन्दोलनरत छन् ।

पालिकाले साबिक गाविस रामनगर–२ (क) कित्ता नम्बर २५६ मा बनेका संरचना सरकारको जग्गामा रहेको भन्दै करिब तीन दर्जन घर माघ २७, फागुन ११ र १९ मा भत्काएको थियो । कित्ता नम्बर २५६ अहिले नगरपालिकाको ५ नम्बर वडामा पर्छ । पालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको कदमले बेघर बनेको, व्यापार–व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेकोलगायत दुखेसो पीडितहरूको छ । सडक विस्तारमात्र होइन नगरपालिकाले सडकमै नपरेको बजार क्षेत्रको १७ घरधुरी बहाल बिटौरी, ऐलानी जग्गा भएको भन्दै भत्काइदिएको उनीहरूको भनाइ छ ।

सोमबार आयोजित भेलाले जारी गरेको विज्ञप्तिमा कांग्रेस मिर्चैया नगर सभापति रमेशप्रसाद न्यौपाने, एमाले नगर अध्यक्ष सञ्जय साह, माओवादी केन्द्रका नगर अध्यक्ष रामबाबु यादव, राप्रपा नगर अध्यक्ष बेचन साहलगायतले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : वैशाख ५, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?