२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

अवधेश झा

राजविराज — सप्तरीको विसनपुर-बोदेवरसाइन सडकमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेवरसाइन-५ भाटीनका १७ वर्षीय सागर पण्डित रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

विसनपुरबाट बोदेवरसाइनतर्फ आउँदै गरेको १७ प ९४७५ नम्बरको मोटरसाइकल बोदेवरसाइन-२ वैरियामा अनियन्त्रित भई बिहीबार अपराह्न दुर्घटना भएको थियो ।

दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक सागरलाई वरसाइनस्थित जीवनज्योति अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । मोटरसाइकल पछाडि सवार १५ वार्षीय सुमित पण्डितको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र २३, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?