महोत्तरीको वनमा रोकिएन डढेलो

सुनिता बराल

महोत्तरी — बर्दिवास र गौशालाको सीमा क्षेत्रमा पर्ने सागरनाथ वनमा आइतबार दिउँसोबाट डढेलो लागेको छ । तीव्र हावाहुरीको समयमा जंगलमा लागेको डढेलो निभाउन मुस्किल भएको जिल्ला डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाले बताए ।

महोत्तरीको वनमा रोकिएन डढेलो

एक महिनादेखि जिल्लाका राष्ट्रिय तथा सामुदायिक वनमा आगो लाग्ने क्रम नरोकिँदा जिल्ला वनले स्थलगत अवलोकन गरी छापा मार्न थालेको झाले बताए ।

डढेलो नरोकिएपछि वन कार्यालयलाई डढेलो नियन्त्रणमा लिन मुस्किल भएको जिल्ला डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख झाले बताए ।

नियन्त्रणका लागि वनका सबै कर्मचारी जंगलमै खटिए पनि वनमा डढेलो लाग्ने क्रम रोकिएको छैन । आइतबार दिउँसो गढन्ता सव डिभिजन वन कार्यालयकै छेउबाट आगो लागेको र निभाउने काम भइरहेको सवडिभिजन प्रमुख रामसुन्दर साहले बताए ।

प्रकाशित : चैत्र १९, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?