ट्य्राक्टर दुर्घटनामा चालकको मृत्यु

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीको बोदेवर्साइन नगरपालिका ३ सारसर पूर्वारी टोलस्थित भित्री सडकखण्डमा आइतबार ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्टरका चालक बोदेवर्साइन १ का २२ वर्षीय पंकज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सारसरबाट धनगढीतर्फ जाँदै गरेको प्र–२–०१–००१ त २५१७ नम्बरको ट्याक्टर आइतबार अनियन्त्रित भई पल्टिँदा चालक पंकजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १९, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्

विश्व अटिजम सचेतना दिवसको अवसरमा वाकाथन

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व अटिजम सचेतना दिवसको अवसरमा वाकाथन आयोजना गरिएको छ ।  वाकाथन माइतीघरबाट सुरु भई नेपाल मेडिकल एसोसिएसनको भवनमा पुगेर सभामा परिणत भएको थियो ।

दिवसको अवसरमा नियो हेल्थ क्लिनिक, नियो चाइल्ड केयर सेन्टर, नेसनल हेल्थ केयर फाउन्डेसन र सेन्टर फर अटिजमले संयुक्त रुपमा वानाथन र सभाको आयोजना गरेको हो ।

अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) का बारेमा चेतना जगाउन हरेक वर्ष अप्रिल २ मा विश्व अटिजम सचेतना दिवस मनाइन्छ । आइतबार आयोजित कार्यक्रममा विभिन्न विद्यालय, केन्द्र, क्लिनिक र संस्थाका प्रतिनिधिहरू गरेर करिब २७० जनाको सहभागिता रहेको थियो । अटिजम भएका बालबालिकाहरू प्रति एकता र ऐक्यवद्धता देखाउन 'समुदायमा समावेशिकरण' नारासहित वाकाथन आयोजना गरिएको थियो । सहभागीहरुले अटिजम सम्बन्धी सचेतना र सहयोगको आव्हान गरेका सन्देशसहितका रंगीन प्लेकार्ड बोकेर हिँडेका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि, नेपाल मेडिकल एसोसिएसनका महासचिव, डब्लूएचओका प्रतिनिधि, वरिष्ठ पिडियाट्रिसियन डा. अरुण न्यौपाने, नियो चाईल्ड केयर सेन्टरका अध्यक्ष हरि कुँवर र सेन्टर फर अटिजमका अध्यक्ष ललिता प्रसाईंले मन्तव्य राखेका थिए । कार्यक्रममा नियो चाइल्ड केयर सेन्टरका कार्यकारी निर्देशक समिदकतिला श्रेष्ठले अटिजमका अवसर र चुनौती, वर्तमान अवस्था र नेपालमा सेवा प्रदायकको अवस्थाबारे जानकारी गराएका थिए ।




प्रकाशित : चैत्र १९, २०७९ १६:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×