कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रश्नपत्र बाहिरएपछि बारामा केन्द्राध्यक्षसहित २ निरीक्षक हटाइयो

परीक्षार्थी निष्कासित
लक्ष्मी साह

बारा — बाराको आदर्शकोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट पहिलो दिन शुक्रबार सुरू भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरू भएको केही मिनेटभित्रै बाहिरिएपछि त्यहाँ केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २ निरीक्षकसहित ५ जनालाई कारबाही गरिएको छ । साथै एक परीक्षार्थीलाई पनि निष्कासित गरिएको छ ।

प्रश्नपत्र बाहिरएपछि बारामा केन्द्राध्यक्षसहित २ निरीक्षक हटाइयो

परीक्षा केन्द्रका केन्द्राध्यक्ष दिनेश साहको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको भन्दै त्यसको अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारीसहित परीक्षा समन्वय सिमिति समितिको पुगेको टोलीले उनीहरूलाई कारबाही गरेको हो । व्यवस्थापनको कमिले प्रश्नपत्र बाहरिएको थियो । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको थियो ।

परीक्षा समन्य समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाकाअनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्षद्वय पदम चौधरी, विजय चौधरीलाई परीक्षा अवधिभरको जिम्मेवारीबाट हटाइएको छ । एक परीक्षार्थीलाई निष्कासन गरिएको छ । परीक्षा मर्यादित बनाउन तत्काल अर्का केन्द्राध्यक्ष नियुक्त गरिने उनले बताए । केन्द्राध्यक्षको कमजोरीले परीक्षा भद्रगोल भएपछि कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

प्रकाशित : चैत्र १७, २०७९ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?