१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वित्तीय सप्ताहमा साक्षरता प्रवर्द्धन

बारा — मधेश प्रदेशमा ११ औं विश्वव्यापी वित्तीय सप्ताह सुरु भएको छ । वित्तीय कारोबारबारे सर्वसाधारणमा चेतना जगाउने उद्देश्यले नेपाल राष्ट्र बैंक वीरगन्ज र जनकपुरले २० मार्चदेखि २६ सम्म सप्ताह मनाउन सुरु गरेका हुन् । वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले मनाउन थालिएको हो । 

वित्तीय सप्ताहमा साक्षरता प्रवर्द्धन

बाराको सीमावर्ती ग्रामीण क्षेत्र सिम्रौनगढ नगरपालिकामा वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम भएको वीरगन्जस्थित नेपाल राष्ट्र बैंकका निर्देशक अजित रेग्मीले बताए ।

जनकपुर कार्यालयले चेतनामूलक कार्यक्रम मनाउने तयारी गरेको सहायक निर्देशक नरेशकुमार सर्राफले बताए । जाली नोट पहिचान, सफा नोट नीति र भारतीय रुपैयाँ सटही सम्बन्धमा जानकारी गराएका थिए ।


प्रकाशित : चैत्र ९, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?