लागूऔषधसहित वीरगन्जमा २ युवक पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले वीरगन्जका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध तथा गाँजासहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक रहेका छन् ।

शनिबार राति साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडक खण्डमा बी म न पा १ ह १–०११८ नम्बरको ई–रिक्सा शंकास्पद रुपमा भारत रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेकोमा प्रहरीचौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त ई–रिक्सा चालक वीरगन्ज–१५ भिष्वा निवासी २० वर्षीय बलजित यादवले रिक्साको सिटमुनि लुकाइ ल्याएको लागूऔषध बरामद भएको थियो ।

उक्त इरिक्साबाट प्रतिबन्धित लागूऔषध ओनरेक्स १ सय एमएल लेखिएको ५ कार्टुनमा १ सय ७८ बोतल सिरप फेला परेको थियो । बरामद भएको लागू औषध, ई–रिक्सा र ई–रिक्सा चालक यादव समेतलाई बरामद तथा नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसुरमा आइतबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी, शनिबार साँझ ६ बजेको समयमा वीरगन्ज महानगरपालिका– १६ इनर्वागाउस्थित धर्मकाँटा अगाडि पार्किङ गरी राखेको बीआर ०७ जिए ९६९१ भारतीय नम्बरको मिनी ट्रकबाट लागू औषध गाँजा बरामद भएको छ ।

उक्त ट्रकमा गाँजा लुकाइ छिपाइ राखिएको विशेष सूचनाको आधारमा प्रहरी उपरीक्षक कोमल शाहको कमाण्डमा प्रहरी टोली खटिएर जाँदा उक्त ट्रक जाँच गर्दा ट्रकको पछाडि भागको तल सामान राख्ने गोप्य ठाउँ बनाइ लुकाइ छिपाइ राखिएको १ सय ४९ किलो गाँजा फेला परेको थियो ।

ट्रक चालक भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला पोस्ट सपाहा दक्षिणी मनासिङ्गा लक्ष्मीपुर वडा नं ११ का २७ वर्षीय ओमप्रकाश सिंहलाई पक्राउ गरिएको छ । उनलाई आइतबार पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

प्रकाशित : चैत्र ६, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

स्ववियु निर्वाचन : महेन्द्र मोरङमा मतगणनाको तयारी

कान्तिपुर संवाददाता

विराटनगर — गणक प्रतिनिधिले आफ्नो परिचयपत्र नखुलाउँदा मतगणना सुरु हुन नसकेको यहाँको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना सोमबार अपराह्नदेखि गणना गर्ने तयारी गरिएको छ ।

आइतबार मध्यरातिसम्म विद्यार्थी संगठनका गणक प्रतिनिधिले आफ्नो परिचयपत्र नखुलाएका कारण मत गणना सुरु हुन सकेको थिएन ।

हरेक विद्यार्थी संगठनका गणक प्रतिनिधिले आफ्नो परिचयपत्र देखाएर मात्र मतगणनास्थलमा पस्न पाउने सर्वदलीय सहमति भएपछि अपराह्नदेखि मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत सुशील अधिकारीले बताए । उनका अनुसार अब केही समयपछि गणना सुरु हुने छ ।

यो क्याम्पसमा ५ हजार ८ सय २५ मतदाता मध्ये ३ हजार १ सय ६६ मत खसेको छ । यो क्याम्पसमा कांग्रेस, एमाले, माओवादी केन्द्र र जनमत पार्टी निकट विद्यार्थी संगठनले प्यानलै उम्मेदवारी दर्ता गरेका छन् । यहाँ राप्रपाले उम्मेदवारी दिएको छैन ।

प्रकाशित : चैत्र ६, २०७९ १२:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×