१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

अझै सुरू भएन महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको मतगणना

अवधेशकुमार झा

राजविराज — निर्वाचन सकिएको भए पनि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको मतगणना अझै पनि सुरू हुन सकेको छैन । आइतबार भएको निर्वाचनमा कुल १ हजार ९ सय १४ मतदातामध्ये ८ सय २९ जना मतदाताले मतदान गरेका थिए ।

अझै सुरू भएन महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको मतगणना

मतदान समपन्न भएपछि विभिन्न विद्यार्थी संगठनले मतदानमा धाँधली भएको आरोप लगाएका छन् । मतगणनाका लागि उम्मेदवारहरुका प्रतिनिधि नआएपछि आइतबार राति मतगणना सुरु गर्न नसकिएको निर्वाचन समितिका सदस्य नन्दकिशोर यादवले जानकारी दिए । आइतबार मध्य रातिसम्म मतगणना हुनुपर्ने र रोक्नुपर्ने समूहहरुले क्याम्पस अगाडि राजविराज–कुनौली सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

आज विद्यार्थी संगठनका प्रतिनिधीहरुलाई राखेर छलफल गरिने र त्यसपछि मतगणनाबारे आवश्यक निर्णय लिइने निर्वाचन समिति सदस्य यादवले बताए ।

प्रकाशित : चैत्र ६, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?