सप्तरीमा पेस्तोलसहित दुई युवक पक्राउ- मधेस - कान्तिपुर समाचार

सप्तरीमा पेस्तोलसहित दुई युवक पक्राउ

अवधेश झा

सप्तरी — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ नेपाल-भारत सीमा क्षेत्रबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।

उनीहरू आइतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये एक युवक सप्तरीको छिन्नमस्ता गाउँपालिका -२ महुवाका सोनु राय रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्का एक जनाको पहिचान खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले बताए ।

प्रकाशित : चैत्र ५, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

एनआरएन ओमानको अध्यक्षमा विकल झा

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारीका बेला खाडीबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर पठाउने नेतृत्व लिएको गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको अध्यक्षमा विकल झा पुनः निर्वाचित भएका छन् ।

एनआरएनएको शुक्रबार राजधानी मस्कटमा सम्पन्न सातौं अधिवेशनले झाको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसमा उपाध्यक्षत्रय सुरेश खड्का, रविन शिल्पकर, टिकाप्रसाद दाहाल र महिला उपाध्यक्षमा पूजा बस्नेत चयन भएका छन् ।

अधिवेशनबाट महासचिव सुसन श्रेष्ठ, सचिव कमल अर्याल र लक्ष्मी प्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण पाण्डे, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा विनोद दास, युवा तथा खेलकुद संयोजकमा सुरज चित्रकार र महिला संयोजकमा गरिमा सुवेदी चयन भएका छन् । कार्यसमितिका सदस्यहरु बसन्त नेपाली, काशी राम सुनार, सुवास काफ्ले, विवेक ज्ञवाली, केशव केसी, कुल प्रसाद गेलाल, डिसुजा खनाल, रिना पुर्जा पुन, दिलिप पाण्डे, मिरा नेपाली चयन भएका छन् ।

अधिवेशनमा एनआरएनए मध्यपूर्वका अगुवाहरूले आगामी आईसीसी नेतृत्वमा मध्यपूर्वले दाबी गर्नुपर्नेमा जोड दिएका थिए । एनआरएनए आईसीसीको आगामी नेतृत्वका लागि मध्यपूर्वबाट उपाध्यक्ष आरके शर्माले दाबी गरेका छन् ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले एनआरएनएले नेपाली समुदायको हक हितका लागि धेरै काम गरिरहेको भन्दै एनआरएनएको प्रशंसा गरे ।

प्रकाशित : चैत्र ५, २०७९ १५:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×