स्ववियु निर्वाचन : राजविराजमा तनाव- मधेस - कान्तिपुर समाचार

स्ववियु निर्वाचन : राजविराजमा तनाव

अवधेश झा

काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने क्रममा राजविराजमा तनाव सिर्जना भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको मतदान केन्द्र बाहिर तनाव भएको हो । 

मतदान केन्द्र बाहिर परिचयपत्रको विषयमा विद्यार्थीहरुबीच विवाद भई तनावको अवस्था सिर्जना भएको हो । मतदान रोक्नका लागि विभिन्न समूहहरूले नाराबाजी गरे पनि मतदान भने जारी रहेको छ ।

सो क्रममा पटक-पटक प्रहरी र विद्यार्थी हारूबीच झडप भएको छ । मतदान रोक्नुपर्ने र हुनुपर्ने समूहले नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

मूर्ति चोरीको आरोपमा एक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — मूर्ति चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू नयाँ बस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्तिदेवी लेखिएको ढुंगाको मूर्ति चोरी गरेको आरोपमा प्रहरीले दोलखा, भिमेश्वर घर भइ ढल्कु पोडेटोल बस्ने २८ वर्षीया तेस्रोलिंगी कुमारी तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उक्त मूर्ति गत माघ १६ मा चोरी भएको थियो । प्रहरी वृत्त स्वयम्भूले तामाङलाई मूर्तिसहित शुक्रबार पक्राउ गरेको हो । प्रहरीले तामाङको कोठाबाट शिवशक्ति धाम मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मूर्ति १ थान, विभिन्न देवी देवताको आकृति भएको ढुंगाको मूर्ति २४ थान, धातुको मूर्ति २९ थान र धातुको त्रिशुल १ थान बरामद गरेको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १३:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×