शिक्षामन्त्रीका १६ बुँदे कार्य योजना

जनकपुर — मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले मधेश प्रदेशको शिक्षा, विज्ञान तथा वाणिज्य क्षेत्र सुधारका लागि १६ बुँदे कार्य योजना सार्वजनिक गरेका छन् ।
कार्ययोजनामा प्रादेशिक शिक्षा ऐन जारी गर्ने र प्रदेशलाई पूर्ण साक्षर बनाउने उल्लेख छ । सरोकारवालाको लचकदार व्यवहार, नतिजामुखी नीति, त्रिपक्षीय समन्वय, सिमान्तकृत वर्गका लागि विशेष नीति, दण्ड र पुरस्कारको नीति, शिक्षाविदसँग त्रैमासिक स्कुलिङ तथा आर्थिक मितव्ययिताबारे ठोस योजना बनाउने भनिएको छ ।
‘विद्यालय अनुगमनको क्रममा उत्तरी भेगका विद्यालयको अपेक्षा सीमावर्ती दक्षिणी भेगका विद्यालयको शिक्षा अवस्था झन् कमजोर पाएँ,’ मन्त्री यादवले भने, ‘विज्ञान प्रविधिसँग सम्बन्धित कुनै कामै भएको पाइएन । शिक्षा क्षेत्रमा सरकारको लगानी अर्बौंमा भए पनि प्रतिफल शून्य देखियो ।’
प्रकाशित : चैत्र ४, २०७९ ०८:४१