सशस्त्र प्रहरीद्वारा नक्कली नोटसहित दुई जना पक्राउ- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सशस्त्र प्रहरीद्वारा नक्कली नोटसहित दुई जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सिरहा जिल्ला लहान नगरपालिका-८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लास्थित लहान नगरपालिका-१९ स्थायी घर भएका वर्ष ३० का मोहम्मद ओसिन र सोही नपा-१० स्थायी घर भएका वर्ष २२ का मोहम्मद राज शेख रहेका छन् । उनीहरुको साथबाट चार सय पैंतीस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार ५५ रुपैयाँसमेत बरामद भएको छ ।

उनीहरुलाई बरामद सामानसहित कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।

प्रकाशित : माघ २१, २०७९ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्

रास्वपाको बैठक जारी, प्रधानमन्त्रीको नयाँ प्रस्तावमा छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । शनिबार राति ८:३० पछि बसेको बैठक अहिले पनि जारी छ ।

शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालसँग रास्वपाका सभापति रवि लामिछानेको भेटमा प्रधानमन्त्री दाहालले रास्वपालाई गृह मन्त्रालयको सट्टामा भौतिक पूर्वाधार मन्त्रालय दिने प्रस्ताव गरेपछि सभापति लामिछानेले पार्टीको बैठक डाकेका हुन् । उनीहरूको बैठक अहिले पनि बसुन्धारास्थित पार्टी कार्यालयमा बसिरहेको छ ।

प्रधानमन्त्रीको नयाँ प्रस्तावमाथि रास्वपाको यही बैठकले छलफल गरी एउटा निष्कर्षमा पुग्ने बताइएको छ । रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गर्दै आएको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

यसअघि बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले आफ्ना माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको अल्टिमेटम दिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भने यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : माघ २१, २०७९ २१:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×