कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

रौतहटमा छोराले गरे बुबाको हत्या

शिव पुरी

रौतहट — घरायसी विवादमा रौतहटको चन्द्रपुर नगरपालिका –६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन् ।

राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

बाबु र छोरा प्रकाशबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए । बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो ।

घटना लगत्तै इलाका प्रहरीका डिएसपी सन्तुप्रसाद जैसवार राईको घर पुगेर छोरा प्रकाशलाई नियन्त्रणमा लिएका थिए । ‘घटनाको थप अनुसन्धान भइरहेको छ,’ उनले भने,‘छोरा प्रकाशले मादक पदार्थ सेवन गरेको पाइएको छ । के कारणले बुबा माथि आक्रमण गरेको भन्ने तथ्या खुल्न बाँकी छ ।’ मृतक राईको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित : माघ २०, २०७९ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?