हिरासतबाट फरार थुनुवा पक्राउ, ५ जनाको खोजी जारी- मधेस - कान्तिपुर समाचार

हिरासतबाट फरार थुनुवा पक्राउ, ५ जनाको खोजी जारी

सन्तोष सिंह

धनुषा — धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालयको पर्खालबाट ६ जना थुनुवा पर्खाल नाघेर भागेका थिए । उनीहरूमध्ये फरार हातहतियार मुद्दाका आरोपित मिथिला नगरपालिका –६ का २८ वर्षीय रोशन महतोलाई पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले बताए ।

महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए ।

हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् ।

लागूऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर ढोकाको बिड लिएर पर्खालबाट हिटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दाका आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर फरार भएका थिए ।

प्रकाशित : माघ १६, २०७९ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी हिरासतको पर्खाल भत्काएर धनुषामा ६ थुनुवा फरार

सन्तोष सिंह

धनुषा — धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर थुनुवाहरु फरार भएका छन् । लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका हुन् ।

पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए ।

थुनुवा फरार घटनाको छानविनकालागि समिति गठन गरिने र फरारहरुको खोजि गर्न विशेष टोली खटाइएको खडकाले बताए ।

प्रहरी हिरासतमा रहेका लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । हिरासतबाट फरार ६ जनालाई म्याद थप गराएर अनुसन्धानका लागि हिरसातमा राखिएको थयो ।

थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेचन यादव विवादमा तानिएका छन् । लामो समय देखि इलाका प्रहरी कार्यालय महेन्द्र नगरको इन्चार्जमा रहेका यादव यसअघि पनि पटकपटक विवादमा तानिएका छन् । यादव यसअघि महिला प्रहरीलाई दुर्व्यवहार गर्दा विवादमा तानिएका थिए ।


प्रकाशित : माघ १६, २०७९ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×