ब्राउन सुगरसहित ९ जना पक्राउ- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्राउन सुगरसहित ९ जना पक्राउ

भरत जर्घामगर

सिरहा — सिरहा प्रहरीले नवराजपुर गाउँपालिका २ मझौराबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मारेर ईलाका प्रहरी कार्यालय झाँझपट्टीको टोलीले ब्राउन सुगरजस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी पक्राउ परेका हुन् ।

त्यसैगरी लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका-१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान पक्राउ परेका हुन् । उनीहरुको साथबाट लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाइल ८ थान, मोटरसाइकल ४ थान र नगद ४ हजार ८ सय ८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १६, २०७९ १५:००
प्रतिक्रिया
पठाउनुहोस्

नुनमा रासायनिक पदार्थ मिसाई ‘मल हो’ भन्दै बेच्ने एक जना पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — नुनमा रासायनिक पदार्थ मिलाई मल हो भन्दै बेच्ने एक जना व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमै नक्कली मल बनाई किसानलाई बेच्दै आएका गोडैता नगरपालिका ७ का ५५ वर्षीय मोहन दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दास नुनमा रसायनिक पदार्थ मिसाई पोटास हो भनी किसानलाई झुक्याएर बेच्दै आएका थिए । दासले गोडैता-७ स्थित घरमा महालक्ष्मी कृषि सहकारी संस्था र गोडैता-८ बजारमा दास बिज भण्डार नामले नक्कली मलको व्यापार गर्दै आएका थिए ।

पक्राउ परेका दासको घरमा रहेको महालक्ष्मी सहकारीबाट प्रहरीले पारस सर्वोत्तम खाद लेखिएको प्रतिबोरा ५० किलो वजन भएको ३१ वटा बोरा र खुल्ला २५ किलो रहेको १ वटा बोरा, आईपीएल डीएपी इन्डियन पोटास लेखिएको पहेलो रङको सिलाएको प्रतिबोरा ५० किलो भएको २० वटा बोरा र सोही कम्पनीको १ वटा खाली बोरा बरामद गरेको छ । त्यस्तै सोही संस्थाबाट साल्ट लेखिएको सेतो रङको (नुन) को प्रतिबोरा ५० किलो दर भएको १ सय ३ वटा बोरा, डिजिटल तौल गर्ने मेसिन १ थान, रातो रङ लागेको बेल्चा १ थान, बिरला ओक्साइड सिमेन्ट लेखिएको खाली प्याकेट ४ वटा र आधा-आधा भरिएको प्याकेट २ वटा तथा बोरा सिलाउने मेसिन १ थान बरामद गरेको हो ।

यस्तै बजारमा दास बिज भण्डार नामले सञ्चालनमा ल्याएको पसलबाट प्रहरीले पारस सर्वोत्तम खाद लेखिएको प्रतिबोरा ५० किलो वजन भएको पहेँलो रङको सिलाएको बोरा १० वटा बरामद गरेको छ । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नुनलाई नक्कली मल बनाएको खबर पाएपछि दाससहित सामानहरू नियन्त्रणमा लिएको जानकारी दिए । उनले दासमाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : माघ १६, २०७९ १४:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×