२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मनि ट्रान्सफरको रकम लिएर भागेका ३ जना पक्राउ

शंकर आचार्य

पर्सा — आफू कार्यरत मनि ट्रान्सफर कम्पनीको रकम लिइ फरार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक जना फरार छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१० का २२ वर्षीय आकाश साह, २२ वर्षीय सञ्जय साह र २१ वर्षीय महम्मद सकिर मिया छन् ।

मनि ट्रान्सफरको रकम लिएर भागेका ३ जना पक्राउ

उनीहरुले आफू कार्यरत वीरगन्ज– १० स्थित माँ दुर्गे मनिट्रान्सफर प्रालिबाट मंगलबार ४ लाख १४ हजार ८ सय रुपैयाँ आपसी मिलेमतोमा भागबण्डा भइ फरार भएको आरोप थियो । मनि ट्रान्सफरका सञ्चालक विजय साह सर्राफले कृषि विकास बैंक वीरगन्ज शाखामा जम्मा गरी उक्त जम्मा गरेको रकमको भरपाई भौचर लिइ आउनको लागि उनीहरुलाई पठाएकोमा उनीहरुले बैंकमा रकम जम्मा नगरी आपसी मिलोमतोमा भागबण्डा लगाइ फरार भएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएका थिए ।

जिप्रका पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमान्डमा खटिएको प्रहरी टोलीले निजहरुलाई मंगलबार साँझ ५ बजे वीरगन्ज–१० बाटै नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट २ लाख २३ हजार ५ सय रुपैयाँ बरामद समेत भएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा बुधबार ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको तथा फरार एकको पहिचान भइ सकेकाले उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

प्रकाशित : माघ १२, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?