३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दम्पती हत्याका फरार अभियुक्त दुई वर्षपछि पक्राउ

सुनिता बराल

महोत्तरी — दुई वर्षअघि महोत्तरी पिपराका झा दम्पती हत्या प्रकरणका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५ का ७३ वर्षीय तेज नारायण झा रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

घटनापछि फरार भई भारतको गुहावटीमा पूजारीको रुपमा काम गर्दै आएका अभियुक्त झालाई महोत्तरी प्रहरीले झापाको मेचिनगर ६ स्थित भारतको सिमा नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

झापा जिल्लाको काकडभिट्टा नाका हुँदै नेपाल आउने जाने गरेको सूचनापछि प्रहरीको केन्द्रीय प्रहरी टोलीको सहयोगमा झालाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

झा दम्पती हत्या घटनामा संलग्न अन्य ७ जना अभियुक्तलाई प्रहरीले यसअघि नै पक्राउ गरी जिल्ला अदालत महोत्तरी हाजिर गराएको थियो । जिल्ला अदालतको आदेशले कारागार चलान भएका ४ जना भने उच्च अदालत जनकपुरको आदेश अनुसार धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।

२०७७ फागुन ११ गते पिपरा ५ का ७३ वर्षीय मुसाफिर झा र वर्ष ६६ की गीतादेवी झालाई अपहरण गरी शरीर बन्धक बनाई हत्या गरी गाडेर सडेगलेको अवस्थामा एक महिनापछि परिवारले उनीहरुको शव फेला पारेको थियो ।

घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै झा दम्पतीका छोरा मनिष झाले दिएको जाहेरी दरखास्तको आधारमा घटनामा संलग्नलाई खोजी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ७, २०७९ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?