मधेस प्रदेशमा आज सभामुख चुनिँदै- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेस प्रदेशमा आज सभामुख चुनिँदै

सत्तागठबन्धनका मण्डल र कांग्रेसका यादवबीच प्रतिस्पर्धा
श्यामसुन्दर शशि

जनकपुर — मधेस प्रदेशमा सभामुखको निर्वाचन आज १ बजे हुँदैछ । सत्तागठबन्धन दलबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल यादव सभामुखका उम्मेदवार छन् । हिजो शोक बिदाका कारण निर्वाचन हुन सकेको थिएन ।

१ सय ७ सदस्यीय मधेश प्रदेशसभामा सत्तागठबन्धन ५ दल तथा ३ स्वतन्त्रगरी ७२ प्रदेशसभा सदस्यको समर्थन छ । नेपाली कांग्रेससँग २२ प्रदेशसभा सदस्य छन् । कांग्रेस प्रदेशसभाको दोस्रो ठूलो दल हो । सत्ता गठबन्धनमा नेकपा एमालेका २३, जनता समाजवादीका १६, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९ तथा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन प्राप्त छ ।

सभामुखका उम्मेदवार रामचन्द्र मण्डलका अनुसार आजको बैठकमा सर्वसम्मतिमा सभामुख चयन गर्ने प्रयास पनि हुन्छ । ‘सर्वसम्मति गर्न हामीले कांग्रेससँग आग्रह गरेका छौं । हेरौं के हुन्छ,’ उनले भने ।

प्रकाशित : माघ ३, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

मधेस प्रदेशमा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ

श्यामसुन्दर शशि

जनकपुर — मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादव र ३ जना मन्त्रीले शपथ लिएका छन् । शुक्रबार एक समारोहबीच प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादव र एमालेका सरोजकुमार यादव, जनमत पार्टीका वसन्त कुशवाहा र जनता समाजवादी पार्टीका सञ्जयकुमार यादवलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । मन्त्रीहरूलाई कुनै जिम्मेवारी तोकिएको छैन । 

दुई दिनदेखि सत्तागठबन्धनको बैठक जारी रहे पनि मन्त्रालयको भागबन्डाको अन्तिम टुंगो भने लाग्न सकेको छैन । सहमति नभएकै कारण माओवादी सरकारमा सहभागी भइसकेको छैन ।

शपथग्रहण कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,जसपा संसदीय दलका नेता रामसहाय यादव,प्रतिनिधिसभा सदस्य दीपक कार्कीसँगै मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतलगायतको उपस्थिति थियो ।

१ सय ७ सदस्यीय मधेस प्रदेशमा नेकपा एमाले २३ प्रदेश सांसदसहित पहिलो दल भए पनि मुख्यमन्त्री भने १६ प्रदेश सांसद रहेको जनता समाजवादी पार्टीलाई छाडेको छ । मधेसमा जसपा र जनमतले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको छ । जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई एमालेको २३, जसपाको १६, जनमत पार्टीको १३,माओवादी केन्द्रको ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ गरी कुल ६३ प्रदेशसभा सदस्यको समर्थन प्राप्त छ ।

प्रकाशित : पुस २९, २०७९ १४:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×