२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

फिल्म निर्माणतिर आकर्षित हुँदै वीरगन्जका युवा

शंकर आचार्य

पर्सा — वीरगन्जका युवाहरूको प्रयासमा निर्माण गरिएको चलचित्र ‘द रघु’ को ट्रेलर शनिबार सार्वजनिक गरियो । जुम आउट एन्ड शिवम् आर्ट फिल्म्सले ७० लाख रुपैयाँ लागतमा निर्माण गरेको यो चलचित्र माघको दोस्रो सातामा रिलिज गर्ने योजना छ । 

फिल्म निर्माणतिर आकर्षित हुँदै वीरगन्जका युवा

भोजपुरी तथा हिन्दी भाषामा निर्मित यो चलचित्रको निर्देशन सुजित पटेलले गरेका हुन् भने निर्माता कृष्णा दास तत्वा हुन् । प्रोडक्सन म्यानेजर राजा गुप्ताका अनुसार चलचित्रमा प्रितम कलवार, ओम आर्य, कामेश्वर चौरसिया, सुनिल पण्डित, अजमत अली, प्रकाश शर्मा, मनोज गुप्ता आदिको अभिनय छ ।

अजमत अलीको गीत र संगीत रहेको यो चलचित्रमा ३ गीत छन् । जसमा पूर्णिमा, आयान र अजमत अलीले स्वर दिएका छन् । २ घण्टा ५ मिनेट लामो चलचित्रले किसानको समस्या र शिक्षामा रहेको विकृतिलाई उजागर गर्ने प्रयास गरेको गुप्ताले बताए ।

त्यस्तै वीरगन्जका युवाहरूले निर्माण गरेको अर्को भोजपुरी चलचित्र ‘मेन्टल आशिक’ अहिले प्रदर्शन भइरहेको छ । तीन साताअघि प्रदर्शन सुरु भएको यो चलचित्र अझै पनि नेपाल र भारतका विभिन्न सहरहरूमा प्रदर्शन भइरहेको छ ।

चलचित्रका कार्यकारी निर्माता एवं लेखक सरोज पण्डित डीएसपी फिल्म्सको प्रस्तुती ‘मेन्टल आशिक’ १६ डिसेम्बरमा नेपाल र २३ डिसेम्बरमा भारतमा रिलिज गरिएको बताउँछन् ।

१ करोड ५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो चलचित्रले लागत उठाइसकेको उनले बताए । चलचित्रमा चेलीबेटी बेचबिखन र मानव अंगको अर्न्तराष्ट्रिय तस्करीजस्तो गम्भीर मुद्दाहरूलाई उठाइएको उनले बताए ।

प्रकाशित : पुस २८, २०७९ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?