१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रौतहट प्रहरीद्वारा गाँजा र गाडी नियन्त्रणमा, तर भेटिएन मान्छे

शिव पुरी

रौतहट — रौतहटको राजपुर नगरपालिका –१ पिपरा भगवानपुरको पिपरा टोलबाट आइतबार प्रहरीले ९१ किलो गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा बोक्ने सवारी पनि नियन्त्रणमा लिएको छ ।

रौतहट प्रहरीद्वारा गाँजा र गाडी नियन्त्रणमा, तर भेटिएन मान्छे

गँजा ओसारपसारको सूचना पाएलगत्तै जिल्ला प्रहरी गौरबाट खटिएको प्रहरी टोलीले पिपरामा रोकिराखेको भारतीय जेएच १० एक्स ४२१२ नम्बरको सेतो बोलेरो गाडी खानतलासी गर्दा १३ पोका गाँजा बरामद गरेको जनाएको छ ।

उक्त पोकामा ९१ किलो गाँजा रहेको प्रहरीको भनाइ छ । प्रहरीले गाँजा भेटिएको स्थानभन्दा १० मिटर दक्षिणतर्फ बेवारिसे अवस्थामा भारतीय बीआर ३० यू ०४७४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । गाँजा कसको भन्ने अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ ।

प्रहरीलाई देखेपछि गाँजा तस्कर फरार भएको हुनसक्ने आशंका गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । ‘बोलेरो जिप, मोटरसाइकल र गाँजा बेवारिसे अवस्थामा फेला पारेका छौं,’ उनले भने,‘सवारीधनी पत्ता लागेपछि धेरै कुरा खुल्छ । यसबारे अनुसन्धान सुरु गरेका छौं ।’

प्रकाशित : पुस १७, २०७९ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?