चिसो बढेपछि मनराशिसवाका विद्यालय एक साताका लागि बन्द

सुनिता बराल

महोत्तरी — विगत केही दिनयता बढेको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि महोत्तरीको मनराशिसवा नगरपालिकाका सबै सामुदायिक तथा धार्मिक विद्यालयमा जाडाे बिदा दिइएको छ । आइतबारदेखि ६ दिनका लागि नगरभित्रका सबै विद्यालय बिदा दिने निर्णय गरिएको मेयर माेहन पाण्डेले जानकारी दिए ।

चिसो बढेपछि मनराशिसवाका विद्यालय एक साताका लागि बन्द

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेद्र चौधरीले बिहीबार सूचना जारी गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १७ देखि २२ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयमा बिदा दिइएको बताए ।

बर्खे बिदाबाट कटौती हुने गरी नगरभरिका विद्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत चौधरीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

अचानक चिसो बढेपछि नगरपालिकाले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्ने व्यवस्था गरेको र ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट र च्यवनप्रासलगायत सामग्री वितरण गर्दै आएको मेयर पाण्डेले बताए ।

बाक्लो हुस्सु र शीतलहरका कारण महोत्तरीको जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित : पुस १४, २०७९ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?