कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अध्यक्षकै गृहजिल्लामा एकीकृत समाजवादी तेस्रो

रौतहट — पार्टी अध्यक्ष माधवकुमार नेपालकै गृहजिल्ला रौतहटमा नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ तेस्रो भएको छ । प्रतिनिधि र प्रदेशसभाको समानुपातिक प्राप्त मतअनुसार एस तेस्रो स्थानमा छ । पहिलो नेपाली कांग्रेस र दोस्रो नेकपा एमाले भएका छन् ।

अध्यक्षकै गृहजिल्लामा एकीकृत समाजवादी तेस्रो

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेसले ६५ हजार ८ सय ४५ मत पाएको छ । त्यस्तै एमालेले ३८ हजार ३ सय २७ मत ल्याएको छ । एसले ३२ हजार ७ सय मत मात्रै पाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ भने जिल्लामा एसले एक–एक वटा सिट जितेको छ । रौतहट–१ मा गठबन्धनबाट उम्मेदवार बनेका पार्टी अध्यक्ष नेपाल ३३ हजार ५ सय ५२ मत पाई विजयी भए । प्रदेश सभातर्फ रौतहट–२ (१) मा एसका कनिष पटेल १० हजार ४ सय ५२ मत ल्याई विजयी भए ।

जिल्लामा प्रदेशसभाको समानुपातिकतर्फ कांग्रेस ५५ हजार १ सय ८१ मतसहित पहिलो स्थानमा छ । नेकपा एमाले ३४ हजार ९ सय ११ मतसहित दोस्रो स्थानमा छ । एसले ३३ हजार ७ सय १७ मत ल्याएको छ । एमाले विभाजन हुँदा जिल्ला कमिटी रौतहटका अधिकांश पदाधिकारी, सदस्यहरू, केन्द्रिय नेता एसमा लागेका थिए । एसका जिल्ला अध्यक्ष कमलराय यादवले जनताले दिएको मत परिणामलाई सामान्य रूपमा लिएको बताए । ‘जनताको मतको कदर गर्नैपर्छ,’ उनले भने, ‘सधैं एकैनासको अवस्था रहँदैन । केही न केही फेरबदल भइरहन्छ ।’ प्रत्यक्षतफ केन्द्रित रहँदा समानुपातिकतर्फ ध्यान कम भएको र मत कम आएको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १९, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?