कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पत्रकार भट्टराईको अन्त्येष्टि

राजविराज — शनिबार बिहान निधन भएका पत्रकार तथा मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरीप्रसाद भट्टराईको आइतबार अन्त्येष्ट‍ि गरिएको छ । कोसी ब्यारेजमा उनको अन्त्येष्टि गरिएको हो । 

पत्रकार भट्टराईको अन्त्येष्टि

अन्त्येष्टिअघि राजविराज-७ स्थित भटराईको घरमा पुगेर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री मो. लालबाबु राउत, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलगायत नेताहरूले भट्टराईलाई अन्तिम श्रद्धाञ्जाली दिएका थिए ।

स्वर्गीय भटराईको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल पत्रकार महासंघ सप्तरी शाखामा राखिएको थियो । त्यहाँ पूर्वसञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित पत्रकारहरू, नागरिक अगुवाहरू र सर्वसाधारणहरूले भट्टराईलाई श्रद्धाञ्जली दिए । महासंघमा स्वर्गीय भट्टराईको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघको झन्डा ओढाई सम्मान व्यक्त गरिएको थियो ।

श्रद्धाञ्जलीपश्चात राजविराज नगर परिक्रमा गरी अन्तिम संस्कारका लागि कोसी ब्यारेजमा लगिएको थियो । नेपाल पत्रकार महासंघ सर्लाहीको साधारणसभामा आतिथ्यता गर्न शुक्रबार साँझ पुगेका मिडिया काउन्सिलका अध्यक्ष भटराई शनिबार बिहान रिसोर्टको एउटा कोठामा मृत फेला परेका थिए ।

नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक सभापति, महासंघका पूर्वकेन्द्रीय उपाध्यक्षसमेत रही प्रेस काउन्सिल नेपालमा पनि दुईपटक सदस्य रहिसकेका भट्टराईको निधनप्रति नेपाल पत्रकार महासंघसहित विभिन्न संघसंस्था र सप्तरीका स्थानीय तहहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रकाशित : मंसिर १८, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?