कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा सवारी दुर्घटनामा वृद्धको मृत्यु

शंकर आचार्य

पर्सा — सवारी दुर्घटनामा परी वीरगन्जमा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं २४ का ७० वर्षीय रुपा राउत कुर्मी हुन् ।

कुर्मीको वीरगन्जस्थित नारायणी अस्पतालमा बुधबार साँझ करिब ७ बजे मृत्यु भएको हो । उनलाई बुधबार साँझ साढे ६ बजेको समयमा वीरगन्ज मनपा–२५ चण्डाल चोकस्थित सडक खण्डमा ना ३ ख ६०७५ नम्बरको ट्रकले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो ।

प्रहरीले उनलाई तत्कालै उपचारार्थ अस्पताल पुर्‍याएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ट्रक चालक वीरगन्ज–२२ जगरनाथपुरका २५ वर्षीय छोटुकुमार कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर १५, २०७९ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?