सप्तरीको कञ्चनरुपमा एक पुरुष मृत भेटिए- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीको कञ्चनरुपमा एक पुरुष मृत भेटिए

तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा लगिँदै
अवधेशकुमार झा

राजविराज — सप्तरीमा सोमबार राति एक जना व्यक्ति मृत भेटिएका छन् । कञ्चनरुप नगरपालिका १ बैरवाका ५० वर्षीय पप्पु भनिने संजय राउतको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेशकुमार सिंहका अनुसार सोमबार राति १० बजे घरबाट निस्केका राउत बिहान अवेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।

स्थानीय बासिन्दाले राउतको घरदेखि डेढ सय मिटर उत्तरतर्फ रहेको पोखरीमा घोप्टो अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा खबर गरेका थिए ।

डीएसपी सिंहका अनुसार धारिलो हतियार प्रहार गरी उनको घाँटी रेटी हत्या गरिएको देखिन्छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेसहित इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोलीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट समेत तालिमप्राप्त कुकुर ल्याउने तयारी गरिएको डीएसपी सिंहले जानकारी दिए ।

प्रकाशित : मंसिर १३, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्

महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध सुकुम्बासीहरूको नाराबाजी

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं थापाथलीस्थित वागमती नदी किनारका सुकुम्बासीहरूले काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् ।

धेरै संख्यामा जम्मा भएका सुकुम्बासीहरूले आफूहरूलाई सुकुम्बासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिका पुगेका सुकुम्बासीहरूले महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका थिए ।


प्रकाशित : मंसिर १३, २०७९ १३:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×