२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

४ महिनामा सीमाबाट ७७ जना फर्काइए

शंकर आचार्य

पर्सा — मानव बेचबिखन विरुद्ध कार्यरत वीरगन्जका २ संस्थाले ४ महिनाको अवधिमा ७७ जना किशोरी तथा युवतीहरूलाई सीमाबाट फिर्ता गरेका छन् ।

४ महिनामा सीमाबाट ७७ जना फर्काइए

माइती नेपाल वीरगन्ज आवधिक गृह र आफन्त नेपाल वीरगन्ज शाखाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा वीरगन्ज नाकाबाट ४३ चेलीबेटीलाई सीमाबाट फर्काएका हुन् । असुरक्षित रुपमा भारत गई बेचबिखनको जोखिममा पर्न लागेका उनीहरुलाई दुवै संस्थाका सीमा पहरेदारले भारत जानबाट सीमामै रोकेका हुन् ।

माइती नेपाल आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार यस अवधिमा सीमाबाट ४३ र भारतबाट ८ महिला तथा बालबालिकालाई उद्धार गरी स्वदेश फर्काइएको छ । भारतबाट उद्धार गरी ल्याइएका ८ जनामध्ये १ बालक र आर्केष्ट्राबाट ४ महिलाको उद्धार गरिएको हो । अन्य ३ भने भारतीयसंग प्रेम विवाह गरी भारत गएकोमा उनीहरुको अभिभावकको उजुरी पछि भारतीय प्रहरीको सहयोगमा उद्धार गरी ल्याइएको हो ।

सीमाबाट फिर्ता गरिएका मध्ये १८ बर्ष मुनिका १० जना र माथिका ३३ जना छन् । उनीहरु मध्ये अधिकांश बाराका ५ ,पर्साका र मकवानपुरका ४/४, तनहु र चितवनका ३/३, सर्लाही,काठमाडौं, सिन्धुपाल्चोकका २/२ र पाल्पा, सप्तरी, गोर्खा, दोलखा, रौतहट, धनुषा, सिराहा,धादिङ,गुल्मी,नुवाकोट,काभ्रे,सिन्धुली,स्याङ्गजा,बाग्लुङ,रामेछाप,बर्दिया,मोरङ,भक्तपुरका १/१ जना छन् ।

त्यसैगरी, आफन्त नेपाल वीरगन्ज शाखाकी प्रमुख तारा सापकोटाका अनुसार, ४ महिनाको अवधिमा यहास्थित नेपाल भारत सीमामा ३४ चेलीबेटीलाई असुरक्षित रुपमा भारत जान लाग्दा रोकेर फकाई परीवारमै पुर्नस्थापित गरिएको छ ।

प्रकाशित : मंसिर १०, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?