नेपाल-भारत मैत्री बसबाट बरामद गरिएका तस्करीका वस्तु भन्सारमा बुझाइयो- मधेस - कान्तिपुर समाचार

नेपाल-भारत मैत्री बसबाट बरामद गरिएका तस्करीका वस्तु भन्सारमा बुझाइयो

शंकर आचार्य

पर्सा — भारतको बोधगया जान लागेको भारत-नेपाल मैत्री बसबाट अवैध रुपमा भारत लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको तामाको जलपयुक्त बुद्ध धर्मावलम्बीले प्रयोग गर्ने माला तथा सरसामान सशस्त्र प्रहरीले वीरगन्ज भन्सारलाई बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगन्जबाट प्रहरी निरीक्षक रवीन्द्र प्रसाद भट्टको कमाण्डमा खटिएको चेक प्वाइन्ट टोलीले बिहीबार उक्त बसबाट १३ लाख ७१ हजार रुपैयाँ बराबरका ती मालसामान बरामद गरेको थियो ।

बस काठमाडौंबाट बोधगया जान लागेको थियो । बरामद भएका वस्तुमध्ये २ वटा मूर्ति अध्यागमन विभागले हवाई मार्गबाट भारत लग्न अनुमति दिएकोमा भाडा कम लाग्ने भई स्थलमार्गबाट लैजान थालेको भनी कागजातसहित दाबी गर्न आएपछि सम्बन्धित व्यक्तिलाई मूर्ति फिर्ता गरिएको थियो ।

अन्य वस्तु भने कसैले दाबी नगरेपछि बेवारिशे अवस्थामा बरामद गरी सशस्त्र प्रहरीले शुक्रबार वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाएको थियो । यसअघि पनि नेपाल-भारत मैत्री संघ बसबाट पटक पटक लागूऔषध तथा तस्करीका अन्य जिन्सी वस्तु बरामद भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगन्जले ३ महिनाको अवधिमा २ करोड रुपैयाँ बराबरका भन्सार छलेका मालवस्तु बरामद गरिसकेको प्रनि भट्टले बताए ।

प्रकाशित : मंसिर १०, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्

जीवन बिमक संघको अध्यक्षमा पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — जीवन बिमा कम्पनीहरूको छाता संगठन जीवन बिमक संघको अध्यक्षमा पोषकराज पौडेल चयन भएका छन् । संघको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

यस्तै, संघको उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी प्रवीण रमण पराजुली, महासचिव ज्योती लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र कोषाध्यक्षमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ चुनिएका छन् । संघको कार्यकारी सदस्यमा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल र रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी‌ छन् ।

नेपालमा १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । बिमा पहुँचको तथ्यांक गणना गर्दा जीवन बिमा सेवा लिएको जनसंख्यालाई मात्र समावेश गरिन्छ । यो अन्तर्राष्ट्रिय प्रचलन हो । निर्जीवन बिमा निश्चित अवधिको (म्यादी) हुने भएकाले बिमा पहुँचमा समावेश नगरिएको हो ।

एक व्यक्तिले एकभन्दा बढी जीवन बिमा पनि गरेका हुन्छन् । यसकारण जारी बिमालेखकै आधारमा त्यत्तिकै संख्याका नागरिकसम्म सुविधा पुग्यो भन्ने हुँदैन । बिमा पहुँचको तथ्यांक गणना गर्दा यस्तो प्रकारको दोहोरोपन हटाउनुपर्छ । यसका लागि कुल जारी बिमालेखबाट ५ प्रतिशत घटाएर बचेको बिमालेख सोही अवधिको कुल जनसंख्यासाग तुलना गरेर बिमा पहुाच गणना गर्ने विश्वव्यापी प्रचलन छ ।

प्रकाशित : मंसिर १०, २०७९ १४:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×