१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विवाह महोत्सवमा राम–सीता मिलन

जनकपुर — राम–जानकी विवाह महोत्सवको दोस्रो दिन बिहीबार फूलबारी लिला सम्पन्न भएको छ । सातदिवसीय विवाह महोत्सवको क्रममा फूलबारी लीला विशेषरुपले मनाउने चलन छ ।

राम र सीताबीच पहिलो मिलन फूलबारीमै भएको वर्णन विभिन्न धर्मग्रन्थमा उल्लेख छ । सोही जनविश्वासका आधारमा जानकी मन्दिरको उत्तरमा रहेको विवाह मण्डपअगाडिको फूलबारीमा उक्त लिला सम्पन्न गरिएको हो । ‘सिया–पिया मिलन’ नाम दिइएको लीला हेर्न सयौंको सहभागिता थियो ।

फूलबारीमा आफ्ना सहेलीहरूसँग फूल टिपिरहेकी सीता र अनुज लक्ष्मणसँग फूलबारी घुम्न आएका रामबीच पहिलो मिलन भएको लिला देखाइएको थियो । त्यस क्रममा मुख्य गायक (व्यास) महेन्द्र दास सुरिलो स्वरमा गाइरहेका थिए– ‘लागल जनकपुरमे मेला, देखेला मोरा मनमा करेला ।’ सीताको पिताको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव भावुक बनेका थिए, ‘छोरीको विवाह हुने भएपछि पिता भावुक भइहाल्छ नि !’

मंसिर ७ देखि सुरु भएको विवाह महोत्सव मंसिर १३ मा रामकलेवासँगै सम्पन्न हुनेछ ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?