सर्लाहीमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु - मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु 

रासस

सर्लाही — पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा बिहीवार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरित दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । उनीहरु प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएका छन् । घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : मंसिर ९, २०७९ ०६:०१
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रासस

काठमाडौँ — काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरे देउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको बिहीबार बिहान मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ १३:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×