धनुषा–३ (१) मा कांग्रेस उम्मेदवार यादव निर्वाचित- मधेस - कान्तिपुर समाचार

धनुषा–३ (१) मा कांग्रेस उम्मेदवार यादव निर्वाचित

कान्तिपुर संवाददाता

धनुषा — धनुषा निर्वाचन– ३ प्रदेशसभा (१) मा  नेपाली कांग्रेसका रामसरोज यादव निर्वाचित भएका छन् । उनले १७ हजार २९ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा निर्वाचन क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेसकुमार ठाकुरले जानकारी दिए ।

यस क्षेत्रमा प्रतिनिधिसभामा भने एमाले उम्मेदवार जुलिकुमारी महतो अग्रस्थानमा छन् । उनले १८ हजार आठ सय ४८ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झा १३ हजार आठ सय ६५ मतसहित पछ्याइरहेका छन् ।


प्रकाशित : मंसिर ८, २०७९ ०१:२६
प्रतिक्रिया
पठाउनुहोस्

जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी 

कान्तिपुर संवाददाता

काठमाडौँ — जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । बुधबार राति सम्पन्त मतगणनामा बस्नेत ९ हजार ३१ मतान्तरसहित विजयी भएका हुन् ।

उनले ३४ हजार १५१ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी निरजप्रसाद आचार्यले २५ हजार १२० मत पाएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०१:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×