वीरगन्जमा जुवाखालबाट ४ जना पक्राउ

वीरगन्ज — वीरगन्ज महानगरपालिका – १७ अलौंको जुवाखालबाट प्रहरीले चार जनालाई नगद रुपैयाँसहित पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले कौडा खेलीरहेका चार जनालाई एक लाख १८ हजार रुपैयाँसहित सोमबार राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा अलौ निवासी २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षीय अनिल प्रसाद साह, ४० वर्षीय मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मिया रहेका छन् ।
कौडा खेलिरहेको विशेष सूचना पाएपछि सोमबार राति पौने १२ बजे प्रहरी टोली अलौं पुगेको थियो । कौडा खेलिरहेका ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
प्रकाशित : कार्तिक ८, २०७९ १६:३२