कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर घुससहित पक्राउ

शंकर आचार्य

पर्सा — जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सन्जय यादवलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट लिएको घुस रकम ५ हजार रुपैयाँसहित यादवलाई आयोगको टोलीले पक्राउ गरेको जनाएको छ । करार अन्तर्गत कर्मचारी कम्प्युटर अपरेटर यादवले एक सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको हेटौंडास्थित कार्यालयबाट आएको टोलीले घुसको रकमसहित पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एमव् सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सेवाग्राही उक्त रकम कर्मचारीलाई दिएर भागे लगत्तै अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको बताए । सेवाग्राहीको पहिचान भने खुल्न नसकेको उनले बताए ।

‘रोक्का रहेको जग्गाको फुकुवा गराइदिने पत्र बनाइदिन्छु भनी यादवले सेवाग्राहीबाट घुस लिन खोजेको भन्ने जानकारीसम्म मैले पाएको छु,’ उनले भने, ‘घटना करिब ११ बजे बिहानको हो, सेवाग्राहीको परिचय भने खुल्न सकेको छैन ।’ यादवलाई अख्तियारको टोलीले आफैसँग लगेको उनले बताए ।

प्रकाशित : आश्विन ३१, २०७९ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?