१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

शिव पुरी

रौतहट — आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी रौतहटको सदरमुकाम गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

जिल्ला अदालत गौरका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले मंगलबार एक कार्यक्रमबीच कार्यालयको उद्घाटन गरेका छन् । मरासिनीले निर्वाचन निष्पक्ष धाँधली रहित हुनेमा आफू ढुक्क रहेको बताए । ‘दलका प्रतिनिधिहरुले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जाहेर गरेका छन्,‘उनले भने,‘जुलुस ,भेला, कोण सभा २४ घन्टा पहिले अनुमति लिनुपर्ने र बाल बालिकाको प्रयोग गर्न नपाउने भनेर दलहरुलाई भनेको छु ।’

गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले जिल्लाका केही क्षेत्रमा निर्वाचनको क्रममा गडबडी हुने सम्भावना रहेकोले स्थानीय प्रशासनलाई सजग रहन आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अन्य जिल्लाका अनुभव सुनाउंदै सम्पन्न स्थानिय चुनावबाट जिल्लामा फरक किसिमले चुनाव हुने गरेको बताए । कार्यालय स्थापना कार्यक्रममा दलका प्रतिनिधिहरु समेत उपस्थित थिए । दलहरुले आचारसंहिता पालना गर्ने प्रतिबद्वता व्यक्त गरे । निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना हुन लागेको बताए ।

क्षेत्र नम्बर एकको गौर, दुईको परोहा, तिनको कटहरिया र चार चन्द्रनिगाहपुरमा कार्यालय स्थापना हुन लागेको दासले जानकारी दिए । जिल्लामा १ सय ५७ वडा रहेका छन् । जसमा २ सय ७६ मतदान स्थल छन् । ५ सय २३ मतदान केन्द्र रहेको दासले बताए ।

प्रकाशित : आश्विन १९, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?