महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालन

महोत्तरी — महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति महोत्तरीको भवनमा आइतबार मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले कार्यालय संचालन गरेका हुन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठ, क्षेत्र नं २ का निर्वाचन अधिकृत अरुण झा, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनी, उपअनुसन्धान अधिकृत अभिनयकुमार सिंहिल्ला लगायतको उपस्थितिमा कार्यालय संचालनमा आएको निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुबोधकुमार महतोले जानकारी दिए ।
प्रकाशित : आश्विन १६, २०७९ १८:१०