सिमरामा ‘मल्टिप्लेक्स’

लक्ष्मी साह

बारा — दसैंको अवसर पारेर बाराको सिमरामा सिनेमाघर (मल्टिप्लेक्स) सञ्चालनमा ल्याइएको छ । सिमराका स्थानीय व्यवसायीहरूको संयुक्त लगानीमा उक्त सिनेमाघर सञ्चालनमा ल्याइएको हो । 

सिमरामा ‘मल्टिप्लेक्स’

‘केएसआर मुभिज’ नामकरण गरिएको सिनेमाघरको लागत १८ करोड रुपैयाँ भएको सञ्चालक राजन उप्रेतीले बताए । सिनेमाघरमा अहिले नेपाली चलचित्र ‘बाबरी’ र ‘प्रेम गीत ३’ एकैसाथ दुवै पर्दामा प्रदर्शन भइरहेको छ । यस्तो सिनेमाघर सञ्चालनले यस क्षेत्रबाट वीरगन्ज र हेटौंडासम्म हेर्न जाने चलचित्र पारखीहरूलाई सुविधा थपिनुका साथै अन्यत्र चलचित्र हेर्न जानुपर्ने बाध्यता हटेको कासिम मियाँ अन्सारीले बताए ।

पूर्वश्रममन्त्री किसान श्रेष्ठ, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, हाँस्य कलाकार किरण केसी, सन्दीप क्षेत्रीलगायतले चलचित्र हलको एकसाथ उद्घाटन गरेका थिए ।

प्रकाशित : आश्विन १५, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?