कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

लक्ष्मी साह

बारा — आगामी निर्वाचनका लागि बाराको कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । यहाँको मुख्य निर्वाचन अधिकृतमा बारा जिल्ला अदालतका न्यायाधीश पुनेश्वरप्रसाद उपाध्याय आउने भएका छन् ।

बारामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

असोज २३ मा उम्मेदवार मनोनयनको समयसीमा तोकिएको छ । असोज १५ देखि २० गतेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित निर्वाचन क्षेत्रगत कार्यालय स्थापना गरिसक्नुपर्ने निर्वाचन आयोगले समयसीमा निर्धारण गरेको छ ।

त्यसैअनुरुप मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले बताए । कार्यालय उद्घाटन समारोहमा सुरक्षा निकायका प्रमुखसहित जिल्ला समन्वय समितिका प्रमुख, दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

अरु बाँकी ३ वटा निर्वाचन क्षेत्रमा अहिलेसम्म कार्यालय स्थापना नभए पनि तोकिएकै समयसीमाभित्र स्थापना गरिने उनले बताए ।

प्रकाशित : आश्विन १५, २०७९ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?