श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सन्तोष सिंह

धनुषा — धनुषाको गणेशमान चारनाथ नगरपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आइतबार अपराह्न गणेशमान चारनाथ नगरपालिका ६ मुसहरी टोलमा ३५ वर्षीया आशादेवी सदालाई कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

हत्या भएको खबर प्राप्त हुनासाथ खटिएको अनुसन्धान टोलीले मृतकको श्रीमान् रेविया सदालाई गणेशमान चारनाथ नगरपालिका ६ मुसहरीटोल बाटै नियन्त्रणमा लिएको थियो ।

रेवियालाई सोधपुछ तथा अनुसन्धान गर्दा उनले मादक पदार्थ सेवन गरी ढुंगाको सिलौटा प्रहार गरेर श्रीमती आशादेवी सदाको हत्या गरेको तथ्य खुल्न आएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गर्न प्रयोग गरिएको ढुंगाको सिलौटो र बियरको बोतल बरामद गरेर ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ । यसअघि आइतबार पनि धनुषाको मिथिला बिहारी नगरपालिका–३ ललियामा पनि श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका थिए ।

प्रकाशित : आश्विन ११, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?