कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिठामोडबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई खादा ओढाएर सम्मान

सुनिता बराल

महोत्तरी — मंगलबार परेको विश्व पर्यटन दिवसको अवसरमा महोत्तरीको प्रमुख नाका भिठामोडबाट नेपाल भित्रिएका भारतीय पर्यटकलाई खादा ओढाएर सम्मान गरिएको छ । जिल्लाका होटल व्यवसायी र पर्यटन प्रर्वद्धनमा काम गर्ने सरोकारवाला व्यक्तिले नेपाल प्रवेश गर्ने आगन्तुकलाई रातो टिका लगाएर खादा ओढाएर जिल्लामा प्रवेश गराएको होटल तथा पर्यटन व्यवसायी महासंघ महोत्तरीका अध्यक्ष सुदीप कार्कीले जानकारी दिए । 

भिठामोडबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई खादा ओढाएर सम्मान

पर्यटकलाई सम्मानसहित स्वागत गर्ने काम प्रदेशको पर्यटन मन्त्रालयको सहकार्य र होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको अगुवाइमा भएको महासंघका प्रदेश अध्यक्ष हिरा गौतमले जानकारी दिए । मधेस प्रदेशअन्तर्गत सबै जिल्लाका प्रमुख नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटक,मठ मन्दिरमा दर्शन गर्न आएका आगन्तुक र एयरपोर्टबाट झरेर मधेसका जिल्ला अवलोकन गर्न आएका पर्यटकलाई ८ वटै जिल्लामा खादा ओढाएर सम्मान गरिएको गौतमले बताए ।

पर्यटन दिवसकै अवसरमा महोत्तरीका होटल व्यवसायीले ३ दिनसम्म पर्यटकलाई खान र बस्नमा १५ देखि २५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरी सहुलियतको सेवा उपलब्ध गराइएको अध्यक्ष कार्कीले बताए ।

प्रकाशित : आश्विन ११, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?